Breaking News Post

आईजीपीलाई आरोप लगाएकोबारे गृहमन्त्री गुरुङले भने- ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन’


२९ श्रावण २०८३, शुक्रबार ००:००


काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले संसदीय समितिमा परेका उजुरीका भरमा सुरक्षा निकायका प्रमुखहरूमाथि सांसदले गरेको व्यवहारलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको  बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूलाई न्यायाधीश नबन्न सुझाव दिएका हुन् । उनले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीहरूमाथि भएको व्यवहारलाई लिएर आपत्ति जनाएका हुन् । उनको भनाइ छ- ‘प्रहरी प्रमुखहरूलाई जुन व्यवहार समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा ध्यानाकर्षण भएको छ । उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन ।’

‘आरोप जोकोहीले लगाउन सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन, यो सही भएन्,’ गृहमन्त्री गुरुङले भने ।

आरोप लगाउने प्रवृत्तिको अन्त्य कानुनमा संशोधन गरेर नै गर्ने कि भन्ने लागिरहेको पनि गृहमन्त्री गुरुङको भनाइ थियो । सार्वजनिक लेखा समितिमा भएको घटनालाई लिएर गृहमन्त्रीले भने, ‘यो सही भएन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । हामी यसलाई लिएर खुसी छैनौं ।’

सुरक्षा निकायका प्रमुखहरूले कसरी काम गरिरहेका छन् भन्ने कुराको आफू प्रत्यक्षदर्शी रहेको गृहमन्त्री गुरुङको भनाइ थियो । ‘आफ्ना कर्मचारीहरूले जसरी काम गर्नुभएको छ म प्रत्यक्षदर्शी छु । जसरी आईजीहरूले काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु । उहाँहरू हाम्रो स्प्रिटमा, यो सरकारको स्प्रिटमा काम गर्नका लागि दिनरात खट्नु भएको छ,’ गुरुङले भने ।

‘आरोप जोकोहीले लगाउन सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन, यो सही भएन्,’ गृहमन्त्री गुरुङले भने ।

आरोप लगाउने प्रवृत्तिको अन्त्य कानुनमा संशोधन गरेर नै गर्ने कि भन्ने लागिरहेको पनि गृहमन्त्री गुरुङको भनाइ थियो । सार्वजनिक लेखा समितिमा भएको घटनालाई लिएर गृहमन्त्रीले भने, ‘यो सही भएन । यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । हामी यसलाई लिएर खुसी छैनौं ।’

आरोपकै भरमा कसैलाई दोषी करार गर्न नहुने गृहमन्त्री गुरुङको भनाइ थियो । ‘आरोप लगाउन जोसुकैले सक्यो तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमा यस्तो गर्नु राम्रो होइन,’ गुरुङले भने ।

प्रकाशित : २९ श्रावण २०८३, शुक्रबार ००:००