५ भदौ, काठमाडौं । बजारमा छ्यापछ्याप्ती पाइने मिति र मूल्य नतोकिएका खुला खाद्यवस्तुले एकातिर जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ भने अर्कातिर उपभोक्ता दिनानुदिन ठगिइरहेका छन् । यही बेथितिमाथि ‘सर्जिकल स्ट्राइक’ गर्दै सरकारले खाद्यवस्तुको खुला बिक्री गर्न नपाइने नीति ल्याउने भएको छ । उपभोक्तालाई ठगी र कालोबजारीबाट जोगाउन, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र बजारलाई पूर्ण रूपमा…