नेपाल शाकाहारी संघका अध्यक्ष तथा लेखक कृष्ण गुरुङद्वारा लिखित लघु चलचित्र ‘मूलबाटो’ सार्वजनिक गरिएको छ। सामाजिक चेतना, करुणा र मानवीय मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त लघु चलचित्र घाम छायाँ प्रडक्सनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेपाल शाकाहारी संघको सहयोगमा निर्माण भएको यस लघु चलचित्रले पशुपन्छीप्रति दया, करुणा, सहअस्तित्व र जिम्मेवार व्यवहारको सन्देश प्रवाह…