कार्तिक १, काठमाडौँ
विश्व शान्ती तथा मानव एकताको निमित्त उपत्यकाब्यापी उधौली सेवा, साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती) तथा येत नाम्धुङ लाधुङ्सेमी सेवा आयोजना हुने भएको छ।
पशुपति गुह्येश्वरी किनारमा आउँदो कार्तिक ६ गते मङ्गलबारको दिन बिहान ७ बजेदेखी सुरु हुने भएको छ।
किरात धार्मिक विधि र साम्जिक मुन्धुम अनुसार सदाझैँ बर्सेनि आयोजना हुँदै आएको उक्त सेवाको निरन्तरता स्वरुप आयोजना हुन लागेको हो।
किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो उपत्यका समिति र किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिती लगायतको संयुक्त आयोजनामा हुन गईरहेको उधौली सेवामा उपत्यकामा छरिएर रहनुभएका सम्पुर्ण भक्तजन,किरात धर्म सम्बद्व सम्पुर्ण संघ संस्था,ब्यक्ती ब्यक्तित्व,भक्तजन हरु लाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।
थप जानकारीको लागी 9841858950 / 9843090055/9849032672 मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ।











प्रतिक्रिया