गृह पृष्ठ

´किरात एकेडेमी सम्मान तथा पुरस्कार´ भदौ १७ गते बितरण गरिदै


१५ भाद्र २०७९, बुधबार ००:००


काठमाडौं । किरात एकेडेमी सम्मान तथा पुरस्कार यहि भाद्र १७ गते प्रदान गरिने भएको छ। पुरस्कारको लागि छनोट भएका ७ कृतिहरु मध्ये राजकुमार दिक्पालद्वारा लिखित “आदिबासी बिद्रोहको ईतिहास” र विप्लव ढकालद्वारा लिखित “भोजपुरको बाङमय” दुईवटा कृति पुरस्कृत हुने भएका छन । यसका साथै किरात एकेडेमिले यस पटकदेखी अध्ययन/अनुसन्धान तथा ज्ञानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एकजना व्यक्तिलाई `किरात एकेडेमी सम्मान´ले समेत सम्मानित गरिने भएको छ । सो अनुरुप यसपटक नेपाली ज्ञानको प्राचिन स्रोत मुन्दुमको खोज, अनुसन्धान र भौतिकवादी व्याख्या गर्नुको साथै शासकिय बैचारिकि अनुसारको परम्परागत इतिहासलाई पुनर्ब्याख्या र पुनर्लेखन गर्ने उच्च कार्य गरिरहनु भएका भोगिराज चाम्लिङलाई `किरात एकेडेमी सम्मान´ प्रदान गरिने भएको छ ।

उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा दिउँसो १ बजे गरिने भएको छ। पुरस्कारको राशि संयुक्त रुपमा रु ५० हजार नगद रहेको छ। कोरोना महामारी र एकेडेमिको उदेश्य अनुकुलको कृति अभावका कारण केहि बर्ष स्थगित गरिएको यो कार्यक्रम यस बर्षदेखी पुन: निरन्तरतामा आएको किरात एकेडेमी संबद्ध श्रोतले बतायो। एकेडेमिले सबैखाले बिभेदबाट उन्मुक्ति, सामाजिक न्याय तथा अग्रगामी बैचारिकि आधार सर्त र उदेश्यहरुको निर्धारित मापदण्ड तोकेको छ।

सोही मापदण्ड र उदेश्यअनुसारको ईतिहास, संस्कृति, राजनिती, अध्ययन, अनुसन्धान तथा कला/साहित्य आदि संबन्धित कृतिलाई पुरस्कृत गर्ने एकेडेमीको अभियानअनुसार यसपटक एकेडेमिले आफुलाई प्राप्त समकालीन कृतिहरुमध्य ७ वटा कृतिहरुको प्रारम्भिक छनोट सुचि प्रकाशन गरेको थियो। तिनै शुचि मध्यबाट एकेडेमिले यसपालीको तेस्रो सृङखलामा माथिका दुई कृतिहरुलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सन २०११ मा स्थापना भएको एकेडेमिले यसअघि युग पाठकको “उर्गेनको घोँडा” र झलक सुबेदिको कृति “ब्रीटिस साम्राज्यका नेपाली मोहरा” यी दुई कृतिलाई पुरस्कार प्रदान गरिसकेको छ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार ००:००