Breaking News Post

कोषको रकम हिनामिना गरेको आरोपमा सेनाका सहायक रथि सैनिक हिरासतमा


५ बैशाख २०८२, शुक्रबार ००:००


काठमाडौं, नेपाली सेनाका सहायक रथि रोशन खड्का ‘लाइन एरेष्ट’मा परेका छन् । उनलाई अनुसन्धानका लागि लाइन एरेष्ट गरी सैनिक हिरासतमा राखिएको छ । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा उनलाई सैनिक हिरासतमा लिएको हो ।

कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा सामान्य सोधपुछ चलिरहेको छ’सैनिक उच्च स्रोतले भन्यो । सहायक रथी खड्कालाई बुधबार सैनिक हिरासतमा राखिएको स्रोतको दावी छ । कोषको सात करोड रुपैया हिनामिना भएको सन्दर्भमा सेनाभित्र छानबिन चलिहरेको छ ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार ००:००