गृह पृष्ठ

खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका मनाउँदै


२२ आश्विन २०८१, मंगलबार ००:००


काठमाडौं,दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् ।

हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको स्थानीय बताउँछन् । खोकनावासी दशैं मनाउँदैनन् । यो दशैंभन्दा पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दशैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।

खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् । यहाँका बासिन्दा एकापसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् । यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित रही देवी नृत्य गरेर मनाइन्छ ।

प्रकाशित : २२ आश्विन २०८१, मंगलबार ००:००