समाचार

डिप्लोम्याटिक एजुकेशन हबले २३औं बार्षिकोत्सब सङ्गै भब्य बनभोज मनायो


१४ माघ २०८०, आइतबार ००:००


   • राजेन्द्र केरुङ

माघ १४, काठमाडौँ

डिप्लोम्याटिक एजुकेशन हबले २३ औं बार्षिक उत्सब सहित भब्य बनभोज कार्यक्रम मनाएको छ।
थानकोट स्थित त्रिभुवन पार्कमा हिजो शनिबार आयोजित बनभोजमा करिब डेढ सय बढी बिद्यार्थी हरुको उपस्थिति थियो।

 

गायक,युवा ब्यबसायी रमेश लिम्बू को प्रमुख अतिथ्यता रहेको थियो भने ब्यबसायी माधव तिवारी बिशेष अतिथीको रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।

कार्यक्रममा बिद्यार्थी हरु लाई खुल्ला कोरियन भाषा परीक्षा प्रतियोगिता गराईएको थियो। उक्त प्रतियोगितामा तारा कुमारी थापा मगरले ४० अंक प्राप्त गरि सर्बोत्कृष्ट स्थान हासिल गरेकी थिईन भने ३९ अंक प्राप्त गर्ने ३ जना मध्ये लक्की ड्र मार्फत बिरेन्द्र ढकालले  दोश्रो स्थान हासिल गरेका थिए ।

 

प्रथम बिजेतालाई करिब १५ हजार बढी रहेको खुत्रुके प्रदान गरिएको थियो भने दोश्रो स्थान हासिल गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो।

 

कार्यक्रममा नाचगान सहित विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरी मनोरञ्जन लिएका थिए।

बि.सं. २०५७ देखि सन्चालनमा रहेको डिप्लोम्याटिक एजुकेशन हबले २३ औं बसन्त पार गरेको छ।
हालसम्म ५० हजार भन्दा बढी बिद्यार्थीहरुलाई कोरियन भाषा सिकाएर  कोरिया पठाईसकिएको भाषा प्रशिक्षक तथा हबका सन्चालक सन्तोष पाण्डेले बताउनुभयो।

सीप बिल्डिङमा उतिर्ण हुने हरुलाई सम्मान र नयाँ बिद्यार्थी हरुलाई स्वागत सहित बर्सेनि यस्तो कार्यक्रमको आयोजना गरिदैँ आएको छ।

ललितपुरको लगनखेलमा रहेको डिप्लोम्याटिक एजुकेशन हब

 

 

ले गुणस्तरीय,सरल,सहज,शान्त वातावरणमा कोरियन भाषा प्रशिक्षण गराई शत प्रतिशत नतिजा हासिल गर्दै आएको प्रशिक्षक पाण्डेले  बताउनुभयो।
बिहान ६ बजेदेखी बेलुका ७ बजेसम्म नयाँ तथा पुराना कक्षाहरु सन्चालन भईरहेकोले भर्नाको लागि
985-1248347 मा सम्पर्क गर्न सकिनेछ।

 

नेपालमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय कोरिया प्रती युवायुवती हरुको आकर्षण बढ्दो छ।
आउँदो सन २०२४ को लागि उत्पादन मुलक क्षेत्रमा १५ हजार ८ सय ४८ कोटा माग भएकोमा  करिब  १ लाख ६४ हजार बढीको  आवेदन परेको छ।
यो अहिलेसम्मकै उच्च आवेदन परेको  हो।

 

प्रकाशित : १४ माघ २०८०, आइतबार ००:००