ताजा घटना

दुई हप्तादेखि महिला बेपत्ता, अझै सम्पर्कमा आइनन


२३ बैशाख २०७९, शुक्रबार ००:००


दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता हुनुभएको छ । परिवारका सदस्यलाई जानकारी नदिइकनै उहाँ घरबाट निस्किएकी थिइन्। उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । “घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार ००:००