संसारमा मानिसहरुसगँ विभिन्न कला हुने गर्दछ । तिनै कला मार्फत संसारमा आफुलाई चिनाउने थुप्रै मानिहरु छन । आफ्नो कला मार्फत विश्व किर्तिमान राख्नेहरु पनि थुप्रै छन । उनिहरु आफ्नो कलाका मार्फत आफुलाई जिवन्त सबै सामु चिनाइ रहेका उदाहरणहरु हामिसगँ थुप्रै रहेका छन ।
अहिले यस्तै एक जोडि भेटिएका छन । सारंगीको धुन त धेरैलाई थाहा भएकै होला । तर उनिहरुमा सारंगी बाजा बजाउने यस्तो कला रहेको छ कि उनिहरु सारंगिलाई मान्छे बोले जस्तै गरि बजाउन सक्छन ।
चितवन जिल्लाको पर्यटकीय स्थल सौराहामा भेटिने सारंगी दाइका नामले चिनिने राजु चितवनमा आउने पर्यटकलाई सारंगीको मीठो धुन सुनाउदै तत्काल उनिहरुको बारेमा गित बनाएर गाइदिने गर्दछन ।
आफ्नो दैनिकी सौराहामा नै आउने पर्यटकहरुका सामु गीत गाएर केही पैसा कमाएर बित्ने गरेको राजु बताउँछन । उनीसगँ सारंगीको बिभिन्न मीठो धुन बजान सक्ने कला रहेको छ । अझ उनमा भएको विषेश कला त सारंगीको धुनलाई मान्छे बोलेको जस्तै गरि बजाउनु हो ।
उनको यहि कला अहिले चर्चामा छ । विशेष गरि सामाजिक संजाल टिकटकमा उनले मान्छे जस्तै गरि बोल्ने धुन बजाएको भिडियो एकदमै भाईरल हुने गरेको छ । उनलाई सबैले सारंगी दाईको नामले चिन्ने गरेका छन ।
गाउँघरमा राजु गायक भनेर चिनिने उनी सौराहमा भने सारंगी दाइको नामले चिन्ने गरेको बताउँछन । बिहान करिव १० बजे तिर खाना खाएर सौराह तिर घरबाट निस्किने उनी बेला ६ बजे घर फर्किने बताउँछन ।
तर कहिलेकाहीँ उनलाई पर्यटकहरुले सारंगी बजाउन केही समय सगैँ राख्ने गरेकोले ८/९ बजे फर्किने बताउँछन । अहिले ५० वर्षको उमेर पुगेका राजु गायक आफुले सारंगी १५ वर्ष देखि बजाउन सुरु गरेको बताए ।
अहिले उनको सारंगिलाई बोल्ने सारंगी भनेर पनि मानिसहरुले चिन्ने गर्दछन । उनले सारंगीबाटा मानीस बोलेको जस्तै धुन निकाल्ने गरेकोले पनि उनको सारंगिलाई बोल्ने सारंगीको उपनाम मानिसहरुले दिएका छन ।
सौराहमा आएका पर्यटकहरुलाई आफुले कसरी रमाइलो गराउन सक्छु बने गर्दै जादाँ सारंगीसगै कुरा गरे जस्तो गरि बजाउँन पुगेको उनको भनाई छ । त्यसो गर्दा उनिहरु खुशी हुँदै हासे पछि आफुले उहाहरुको चित्त बुझाएको छि कि भन्ने लागेर यहि धुन अझ आफुले बजाउन कोसिस गर्दै जादा यति सम्म गर्न सकेको उनी बताउँछन ।
त्यसरी पर्यटकहरुसगँ बसेर गाउँदा कतिपय रमाइला घटनाहरु पनि उनी सुनाउँछन । उहाँहरु सग बसेर गाउँदा उनिहरुले पेय पदार्थ पिउदै सुन्ने गर्दछन अनि आफुलाई पनि पिउन अनुरोध गर्ने गरेको उनी सुनाउँछन ।
आफुले त्यसरी पिउन नमान्दा अगाडि पैसा राखेर पिउनु भयो भने यो सबै दिने होइन भने १०० रुपैयाँ दिएर पठाउछु पनि भन्ने गरेको आफुले पनि पिउनु पर्ने अवस्था कहिले काहीँ हुने गरेको उनी सुनाउँछन । तर त्यसमा पनि पर्यटकहरुसगँ बिताएको छुट्टै रमाइलो याद हुने उनको भनाई छ । (भिडियो हेर्नुस)











प्रतिक्रिया