काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।
केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका प्रसाईँविरुद्ध कम्तीमा ५ वटा कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनलाई अभियोजन गर्ने सरकारी तयारी छ ।
याे पनि पढनुहाेसः
काठमाडौं,विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत घट्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।
डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।
अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो ।
अघिल्लो वर्ष पेट्रोलको आयात घटे पनि डिजेल आयात भने घटेको थिएन । तर, यस वर्ष भने सार्वजनिक सवारीमा समेत विद्युतीय सवारीसाधनको आयात बढ्दै जाँदा डिजेल आयात खुम्चिन थालेको देखिन्छ ।
पेट्रोलको खपत समेत गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्ष बढेको छ । भन्सार विभागका अनुसार यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोल आयातमा २१ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष २२ अर्ब ८७ करोड रुपैयाँ मात्र विदेशिएको तथ्यांकले देखाएको छ ।
पेट्रोल आयातबाट सरकारले यस वर्ष चार महिनामा १४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यस वर्ष पेट्रोल आयातको परिमाण बढे पनि विदेशिने मुद्रा भने घटेको छ । यसो हुनुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घट्नु मूख्य कारण हो ।
खाना पकाउने ग्यासको आयात समेत बढिरहेको छ । यस आवको पहिलो चार महिनामा १७ करोड २४ लाख ८२ हजार ८३० किलो एलपीजी ग्यास आयात भएको छ । अघिल्लो आवको चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७५६ किलो ग्यास आयात भएको थियो ।
यस वर्ष एलपीजी आयातमा १८ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । जसबाट ३ अर्ब ५१ करोड राजस्व उठेको छ । अघिल्लो वर्ष कात्तिकसम्म १५ अर्ब ४५ करोड रुपैयाँ विदेशिएको थियो । यस वर्ष सरकारले २ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको थियो ।










प्रतिक्रिया