ताजा घटना

नायिका जेनी कुँवर भान्सा कोठामा मृ’त फे’ला, यस्तो लेखेको सु’साइड नो’ट भे’टियो


२५ असार २०७८, शुक्रबार ००:००


अभिनेत्री जेनी कुँवर बिहिबार यो संसारबाट सदैका लागि बि’दा भएकी हुन् । थापागाउँस्थित सनराइज अ’पार्टमेन्टमा रहेको आफ्नै निवास राति करिब ९ बजे आ’त्मह’त्या गरेर मृ’त्य रो’जेकी छिन् । प्रहरीका अनुसार उनको श’व झु’ण्डिरहेको अ’वस्थामा फे’ला पारिएको हो ।

श’व उनको आफ्नै निवासको भान्सा कोठामा फेला परेको थियो । ढोकामा किला ठो’केर डो’रीको पा’सो लागेको अवस्थामा उनको श’व भेटिएको म’हानगरीय प्रहरी प’रिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

प्रहरीको प्रा’रम्भिक अ’नुसन्धानबाट पनि उनले आ’त्मह’त्या गरेको खुलेको छ । घ’टनास्थलबाट प्रहरीले सु’साइड नोट स’मेत फे’ला पारेको छ । जसबाट उनले आ’त्मह’त्या रोज्नुको का’रण डि’प्रेसन रहेको बताइन्छ ।

​घ’टनास्थलमा भे’टिएको सु’साइड नो’टमा पनि उनले आफु ‘डि’प्रेशनको शि’कार’ भएको उल्लेख गर्दै मृ’त्युमा कसैलाई दो’ष नदिन र आफ्नै हि’साबले मृ’त्यु रोजेको भनेकी छन् । ‘यसमा क’सैलाई दो’ष छैन, मेरो आफ्नै हि’साबमा मैले यो गरेको हुँ ।

पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैले गरेको हो,’ नोटमा अगाडि भनिएको छ, ‘यसमा कसैको दो’ष छैन ।’ श्री’मान्सँग बस्दै आएकी उनले श्रीमान् अ’पार्टमेन्टमा नभएको बेलामा आ’त्मह’त्या रोजेकी थिइन् ।

म’हानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली र फ’रेन्सिक चि’कित्सकले ‘शवको अव’स्था र घ’टनास्थलको प्रा’रम्भिक अ’नुसन्धान गरेका थिए । एकसमय फि’ल्ममा राम्रै जमेकी जेनीले पछिल्ला केही वर्षदेखि डि’प्रेशनको औ’षधि समेत से’वन गर्दै आएको बताइन्छ ।

२०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’नामक सिरियलबाट अभिनयमा डेब्यु गरेकी कुवँरले फिल्ममा भने ‘जिन्दगानी’बाट डेब्यु गरेकी थिइन् । मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिव दर्जन फिल्म उनले अभिनय गरेकी छन् ।

‘हलचल’ र ‘घायल’ नामक दुई फिल्म समेत निर्माण गरेकी उनी फिल्म निर्माण र अभिनयको अलवा उनले सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी छन् । केही म्युजिक भिडियो निर्देशन समेत गरेकी उनले गीत समेत गाएकी छन् ।

विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी अध्यात्म र ध्यान भन्दै विभिन्न गुरुहरुको खोजीमा हेटौडा लगायत देशको धेरै ठाउँमा रहेको आश्रममा समेत बेला बेला पुग्ने गरेकी थिइन् ।

सामाजिक क्रियाकलापमा पनि सधैँ अ’ग्रसर रहेकी थिइन् । अ’भिनयमा ज’म्दै गर्दा फिल्म निर्माणमा हात बढाएकी कुवँरलाई निर्माणबाट भने घा’टा भएको थियो । त्यसपछि उनी फिल्मबाट टाढा भएकी थिइन् । आफुले निर्माण गरेका दुवै फिल्म व्यवसायिक असफल हुनु र बाहिरको फिल्मबाट अफर नमिल्नु उनले धार्मिक तथा आ’ध्यात्मिक मार्ग अ’पनाउनुको का’रण भएको फिल्मकर्मी बताउछन् ।

करिव ६ महिना विपश्यना ध्यान शिविरमा समेत बिताएर फर्किएकी उनको श’व पो’ष्टमार्टमका क्रममा त्रिवि शिक्षण अ’स्पतालमा पुर्याइएको छ । उनको श’व मध्यान्न १२ बजेपछि पशुपति आ’र्यघाटमा अन्तिम श्र’दान्जलीका लागि राखिने र त्यसपछि अ’न्त्येष्टि गरिने नेपाल चलचित्र कलाकार सं’घका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

प्रकाशित : २५ असार २०७८, शुक्रबार ००:००