ताजा घटना

नारायणी नदीमा एक जना पुरुषले हाम फालेपछि…


१३ भाद्र २०७९, सोमबार ००:००


चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेका छन्। आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भइरहेको छ । पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार ००:००