गृह पृष्ठ

निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते


१ मंसिर २०७९, बिहिबार ००:००


डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । बा.२ झ २२३५ नम्बरको जिप दुर्घटना भएको डोटीका एसपी राजेन्द्र धमलाले बताए ।

दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् ।

रैखोला खुटिया बिपिनगर दिपायल सडका आयोजनाका इन्जिनियर हुन् । निर्वाचन सामग्री र कर्मचारीलाई वैकल्पिक सवारीको व्यवस्थापन गरेर मतदान स्थलमा पठाइएको छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार ००:००