खेलकुद

नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित


६ आश्विन २०८१, आइतबार ००:००


काठमाडौं, २० औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भएकी छिन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् ।

उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो । एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जिन सकेका थिएनन् ।

प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी एरिकाले क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई हराएकी थिइन् । १९औं एसियन गेम्समा उनैसँग पराजित हुँदै रजतमा चित्त बुझाएकी एरिकाले उनै खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् । उनले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै फाइनल पुगेकी थिइन् ।

याे पनि पढनुहाेसः

काठमाडौं,सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

यस्तै सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लिएर अपचलन गरेको भन्दै संसदीय समितिले कारबाही सिफारिस गरेको रास्वपा सभापति रवि लामिछाने प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार ००:००