गृह पृष्ठ

नेचासल्यानको एक सामुदायिक वनमा आगलागी


२६ माघ २०८१, शनिबार ००:००


सोलुखुम्बुको नेचासल्यानको एक सामुदायिक वनमा आगलागी भएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका १ जिम्बिर जोडेनी सामुदायिक वनमा आज शनिबार दिउँसो अन्दाजी १२ बजेको समयमा आगलागी भएको हो ।

उक्त वनमा आगलागी भएको खबर पाउना साथ अस्थायी प्रहरी चौकी सल्यानबाट प्रहरीको टोलीसहित भएर २५-२६ जनाको संख्याले आगो नियन्त्रणमा दिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगो लाग्नुको कारण भने खुल्न बाँकी रहेको छ । तत्काल गाउँ बस्ती भेट्ने सम्भावना नरहेको बताइएको छ ।

प्रकाशित : २६ माघ २०८१, शनिबार ००:००