मुख्य खवर

नेपाली काँग्रेस सोलुको जिल्ला सदस्यमा कुलुङ मनोनित


२७ फाल्गुन २०७८, शुक्रबार ००:००


सोलुखुम्बु – नेपाली काँग्रेस सोलुखुम्बु युवा नेता सुर्य कुलुङ जिल्ला सदस्यमा मनोनित भएका छन् । जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले काँग्रेस विधानले दिएको अधिकारलाई प्रयोग गर्दै नेता कुलुङलाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।

काँग्रेसको विधान २०१७ संसोधन सहितको धारा १२ को उपधारा ५ ख(२) अनुसार जिल्ला सभापति शेर्पाले मनोनयन गर्न बाँकी रहेको २ सदस्य मध्ये एकमा महाकुलुङका युवा नेता कुलुङलाई मानोनित गर्नु भएको जिल्ला सह सचिव उत्रमान राईले जानकारी दिए ।

जम्मा ८ जना मनोनयन गर्न पाउनेमा यस अघि ६ जना मनोनित गरिएको र अब एक जना मात्रै जिल्ला सदस्य मनोनयन गर्न बाँकी रहेको सहसचिव राईको भनाई छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार ००:००