गृह पृष्ठ

मंगलटार क्षेत्रबाट ८१ जनाकाे सेनाको हेलिकप्टरबाट उद्धार


१३ आश्विन २०८१, आइतबार ००:००


काठमाडौं, नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था रहेकाे छ ।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ । उद्धार गरिएकामध्ये १३ जना बिरामी रहेका छन् ।

याे पनि पढनुहाेसः

काठमाडौं, मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको छ ।

आज असाध्यै धेरै टिकटको माग आएको छ,’ यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्छन्, ‘पहिला नै टिकट काटेका यात्रु र नयाँ यात्रुको व्यवस्थापन मिलाउनै हम्मे परेको छ । आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको भन्दै यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको उनले बताएका छन ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको हो । कम्पनीहरूका अनुसार आज मौसम राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौं ल्याउने र बाहिर लैजाने योजना छ । ‘यात्रुले आज धैर्य गरिदिनुभयो भने भोलिसम्म धेरै यात्रुलाई हामी व्यवस्थापन गरिसक्छौं,’ यतीका प्रवक्ता बर्तौलाले भने ।

झापा लगायत गन्तव्यबाट विदेश जानुपर्ने यात्रुले जहाज चार्टर्डको समेत माग गरेको वायुसेवा कम्पनीले जनाएका छन् । बुद्ध एयरका अनुसार आज सबै विमानस्थलमा नियमित उडान भइरहेको छ । यसअघि टिकट काटेका बाहेक अतिरिक्त टिकट व्यवस्थापनमा समस्या छ । काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध छन् । यसको असर हवाई उडानमा देखिएको हो ।

प्रकाशित : १३ आश्विन २०८१, आइतबार ००:००