गृह पृष्ठ

मेयर हर्क साम्पाङले अल्टिमेट पार्टी खाेल्ने तयारी,यस्ताे याेजना लिएर वैदेशिक भ्रमणमा जादै


१५ भाद्र २०८१, शनिबार ००:००


काठमाडौँ ,श्रमदान गरेर चर्चामा आएका मेयर हर्क साम्पाङ नया पार्टी खोल्ने तयारीमा तिव्र रहेका छन । अल्टिमेट पार्टी बन्ने तयारीमा रहेका छन । जनताको चाहाना अनुरूपको पार्टी खोलिने र जनता अनुरूपको पार्टी हुने र पार्टी एक माध्यम आधारमा खोलिने जोसका साथ केही प्रस्ताबहरू बोकेर काठमाण्डौँ आएको बताएका छन ।

अब देशको निम्ती १९ घण्टा खटेर काममा लाग्ने चाइना र भारतको तुलनामा प्रतिस्पर्धा गर्दै अगाडी बढने उनको अडान रहेको छ । श्रमको आधारमा सबै परिबर्तन ल्याउने र हरेक कुरा श्रमबाट नै हुने उनको भनाइ रहेको छ । केही समयपछी उनको बिदेश भ्रमण हुने बताएका छन । सांस्कृतिक अनुसारको सुम्निमा पारूहाङको विश्वकै ठुलो मुर्ति बनाउने बिषयलाइ लिएर युके जाने उनको निर्णय भएकको छ ।

युकेमा बसोबास गर्ने सहयोगीहरूको निमणन्त्रनामा उनी बिदेश जान लागेको कुरा माहाकुलुङ मिडियालाइ बताएका छन । विकासको आधार प्रकृति,संस्कृति र प्रविधीको आधारमा विकास हुने भएकोले अहिलेलाइ संस्कृतिको पक्षलाइ लिएर उनको वैदेशिक भ्रमण हुने बताएका छन ।

प्रकाशित : १५ भाद्र २०८१, शनिबार ००:००