गृह पृष्ठ

रक्षामन्त्री मानवीर राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर


२७ माघ २०८१, आइतबार ००:००


काठमाडौँ, रक्षामन्त्री मानवीर राई चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको छ । भीआईपी सवार गाडीको ठक्करबाट मोटरसाइकको लुकिङ ग्लास फुटेको उपत्यका प्रहरी कार्यालयका एसपी सञ्जय राउतले बताए ।

मन्त्रीको सचिवालयले मोटरसाइकलको लुकिङ ग्लास मर्मत गरिएको छ । ग्लास मर्मत गरेर दुवै पक्षको बिचमा मिलापत्र भएको एसपी राउतले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार रक्षामन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर हुइँकिएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुसार मन्त्रीको गाडीले एउटा मोटरसाइकललाई सामान्य ठक्कर दिएको थियो । मोटरसाइकल लुकिङ् ग्लास फुटेको छ भने चालकलाई कुनै चोटपटक लागेको छैन । घटनाबारे अहिले सिंहदरबारमा छलफल भइरहेको छ । मोटरसाइकल चालकसहित गाडी त्यहीँ पुर्‍याइएको प्रहरीले जनाएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरी स्रोतले बताएको छ ।

राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । ती बालकलाई भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले स्रोतले जानकारी दियो ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । अपहरण गरेको आरोपमा २३ वर्षीय भियतनामी नागरिक पक्राउ परेका छन् । घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित : २७ माघ २०८१, आइतबार ००:००