काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो।
महानगरले आइतबार काटेको पत्रमा भनिएको छ,‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु। १००,०००र०० ९अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।











प्रतिक्रिया