सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको लोखिम र जुबु सिधा सडक सञ्जालमा जोडिएको छ । थुलुङ दुधकोशी–६ मुक्ली र वडा नम्बर ५ जुबु जोड्ने दुधकोशी नदिमा ह्युम पाइप राखिएसँगै कोशी पारीको वडाहरु गाउँपालिकासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।
नदिमा पानीको बहाब कम भए सङ्गै सिधा सवारी सन्चालको लागि मंसिर १ गतेबाट नदिमा ह्युम पाइप राख्न थालिएको थियो ।
जसको लागि कातिक २१ गते इन्जिनियर सहितको टोलिले स्थलगत अध्ययन गरेको थियो । २८ वटा ह्युम पाइप मार्फत नदिको पानी निकास गरिएको गाउँपाकिलाले जनाएको छ । उक्त नदिमा पक्की पुल निर्माणको लागि ठेक्का परेको भएपनी कम्पनीले ढिला सुस्ती गरिरहेको गाउँपालिकाले जनाएको छ ।
पालिका अध्यक्ष सहितले पटक पटक निर्माण कार्यलाइ अगाडि बढाउन गरिएको आग्रहलाई समेत बेवास्ता गरिएकाले आम कोशिपारिका नागरिकलाई समस्या भएको पालिकाले जनाएको छ ।











प्रतिक्रिया