Uncategorized

शिक्षा मन्त्री अशोक राईको आतिथ्यतामा शेर्पा बिद्यार्थी संघद्वारा बिशेष कार्यक्रम हुने


८ श्रावण २०८०, सोमबार ००:००


साउन ८, काठमाडौँ

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईको प्रमुख आतिथ्यतामा नेपाल शेर्पा विद्यार्थी संघद्वारा एस. ई.ई. सम्मान, विधा पुरस्कार र छात्रवृत्ति वितारण, करियर काउन्सेलिङ, शेर्पा विद्यार्थीको प्रतिभा प्रदर्शन-२०८० कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम श्रावणको १३ गते बौद्धको रामहिटी स्थित रामनगर पार्टी प्यालेसमा हुने भएकाे छ।

 

२०७९ सालमा प्रवेशिका परीक्षा एस.ई.ई. उतिर्ण देश भरिका शेर्पा विद्यार्थीलाई बधाई, सम्मान तथा उच्च शिक्षा अध्यन गरिरहेका शेर्पा विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सचेतना र शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने मुख्य उद्देश्यका साथ ‘SEE Felicitation, +2, BACHELOR Motivation, Career counselling, Mental Health Awareness & Sherpa Students Talent Show -2080’ आयोजना गरिने भएकोले उक्त कार्यक्रमबाट विद्यार्थी, अभिभावक र शैक्षिक संस्था तथा विद्यालय र कलेजहरुले लाभ लिन सकिने नेपाल शेर्पा विद्यार्थी संघका का. अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो।

यस कार्यक्रममा चिकित्सा क्षेत्रका डा.कुन्जाङ‌ शेर्पा, अदिम कलेजका प्रध्यानाध्यापक शङ्खर प्रसाद शर्मा,सिन्धुपाल्चोक भोटेकोशी गाऊँपलिकाका उपाध्यक्ष दिछेन शेर्पा,संघीय सांसद सचिवालय अधिकृत बिनुका शेर्पा ,कानुन क्षेत्रका रिता शेर्पा(join secretary,patan Bar association), नेपाल शेर्पा संघका महासचिव लक्पा शेर्पा,एम.डि.शेर्पा(MBA major in marketing university of Sundaland), दाबुटी शेर्पा (मिस शेर्पा २०१८),निम्लेकी शेर्पा (journalist at YOHOTV),इन्जिनियरिङ क्षेत्रका ए.डी.लामा शेर्पा (निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष), ङिमा ग्याल्जेन शेर्पा (financial literacy)। लगायत विभिन्न संघ संस्था र किदुगका अध्यक्षहरु,उद्धमी, व्यापारी, लगानीकर्ता र पत्रकारहरुको आफ्ना अनुभव विद्यार्थीहरु माझ साटासाट गर्ने र भविष्यका कर्णधार बिद्यार्थीहरुलाई मार्गदर्शन गराईने अध्यक्ष शेर्पाले बताउनु भयो ।

कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट विद्यार्थी, अभिभावक, शैक्षिक संस्था, विद्यालय लगायत कलेजका प्रतिनिधिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार ००:००