जिमि राई उत्थान समाज सोलुखुम्बुको आयोजनामा साकेला सिली प्रदर्शन गरिएको छ । आज जिमि राईको भवन सल्लेरीमा नोक्छोद्धारा पूजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।
सोलुखुम्बु जिल्लामा अवस्थित थुलुङ राई, खालिङ राई, कुलुङ राईहरुको उपस्थितिमा साकेला सिली प्रदर्शन गरिएको थियो । कार्यक्रममा किरात साथै गैरकिरातहरुको उपस्थिति रहेको थियो ।
जिमि राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष डाक बहादुर थुलुङ राईले उधौलीको शुभकामना दिदै अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर उधौलि मनाउने गरेको बताउनुभयो ।
उहाँले सोलु एफ एमसँग कुरा गर्दै भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले संस्कार जोगाउन आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय संस्कार संस्कृति हराउँदै गएकोप्रति चीन्ता व्यत्त गर्दै नयाँ पुस्ताले जगेर्नाको लागि जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।











प्रतिक्रिया