यस परियोजनाको संरक्षक संस्थाको रुपमा साल्पासिलिछो गाउँपालिका रहेको छ। साल्पा सिलिचुङ/सिलिछो परियोजना अन्तर्गत (सिलिचुङ/सिलिछोमा सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुको प्रतिमा) साल्पामा (मोबोछा/नाक्छोङ-माङ्पा) धामीको प्रतिमा, सुम्निमा पारुहाङ र सुप्तुलुङ ३ चुला सहितको मुन्दुमी थान, कलचुडा/मोउ (नाक्छोङ चरा), पोखरीभित्र पारुहाङ ध्यानमा बसेको आध्यात्मिक प्रतिमा, संसारकै सबैभन्दा अग्लो (वाबम/वाबुक-(सोलेन्वा) चिन्डोको प्रवेशद्वार, साल्पा स्वागत गेट, साल्पा सिलिचुङ/सिलुछो शिलास्तम्भ लगायत मुन्दुमी मिथकमा आधारित किराती सांस्कृतिक संरचनाहरुको निर्माण करिब ४ वर्षको अन्तरालमा सम्पन्न गरिएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले www.mahakulung .com लाई जानकारी दिएका छन्।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिद्वारा आयोजित कार्यक्रम: मंसिर ७ गते दिउँसो १० बजेबाट औपचारिक उद्घाटन कार्यक्रम शुरु भई, साँझपख थुप्रै कलाकारहरुको साङगीतिक प्रस्तुति रहनेछ। र, विश्वभर रहेका किरातजन्य तथा गैर-किराती विभिन्न संघ-संस्थाको प्रतिनिधिहरु, विभिन्न क्षेत्रमा आवद्ध, विश्वभरको सम्पुर्ण किराती तथा गैरकिराती समुदायका ब्याक्तित्वहरु, ईतिहासविद, संस्कृतिविद, पू्र्खा तथा धामीहरु, पत्रकार, कलाकार, साहित्यकार तथा सरोकारवाला लगायत विश्वभर छरिएर बसेका सम्पुर्ण किरातीहरुलाई यस ऐतिहासिक अनावरण कार्यक्रममा उपस्थितिको लागि भब्य निमन्त्रणा गरिएको छ।
साल्पा सिलिचुङ/सिलुछोलाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापित गर्ने महा-अभियान सफल पार्दै, हजारौ वर्षसम्म पुरातात्त्विक प्रमाणको रुपमा बाचिँरहने यस ऐतिहासिक महान-कार्यमा सबैलाई सहभागीताको लागि आव्हान गर्दै, साल्पाको कार्यक्रम सकिएपछि पुनः मंसिर १८ गते शुक्रबारका दिन काठमाडौंको नवदुर्गा पार्टी प्यालेजस्थित अन्तर्राष्ट्रिय समितिको स्मारिका विमोचनसँगै भब्य रुपमा औपचारिक कार्यक्रम हुने समेत अन्तर्राष्ट्रिय समितिले जानकारी दिएका छन्।
साल्पा/सिलुछो जाने मार्गहरु:
रुट नं. १,
काठमाडौंबाट गाडीमा भोजपुरको चखेवा भञ्ज्याङ् १ दिन। पुर्व धरानबाट गाडीमा भोजपुरको चखेवा भञ्ज्याङ १ दिन। चखेवा भञ्ज्याङ्देखि मुन्दुम पदमार्ग हुँदै २ दिन पैदल यात्रा। जम्मा ३ दिनमा साल्पा पुगिनेछ।
रुट नं. २,
गाडीमा काठमाडौंबाट सोलुखुम्बु महाकुलुङ गुदेलसम्म १ दिन। महाकुलुङ गुदेलदेखि ८ घन्टा पैदल यात्रा। जम्मा २ दिनमा साल्पा पुगिनेछ।
प्लेनमा, काठमाडौंबाट सोलुखुम्बुको फाप्लु झरेर फाप्लुदेखि महाकुलुङ गुदेलसम्म गाडीमा ५ घन्टामा पुगिने। महाकुलुङ गुदेलदेखि ८ घण्टामा साल्पा पुगिनेछ।
रूट नं. ३,
प्लेनमा काठमाडौंबाट संखुवासभा तुम्लिङटार झरेर, तुम्लिङटारबाट गाडीमा (तेन्दो) फेदी हुँदै चेक्सिलासम्म १ दिन। चेक्सिलादेखि ४ घण्टा पैदल यात्रा।
रुट नं. ४,
गाडीमा पुर्वधरानदेखि संखुवासभा तुम्लिङटारसम्म ६ घन्टा। तुम्लिङटारदेखि कार्तिकेघाटसम्म २ घन्टा। कार्तिकेघाटदेखि फेदी हुँदै चेक्सिलासम्म ८ घन्टा।
र, चेक्सिलादेखि ४ घन्टा पैदल यात्रा गरी जम्मा २ दिनमा साल्पा पुगिनेछ।
रुट नं. ५,
गाडीमा धरानदेखि उदयपुर कटारी, घुर्मी हुँदै खोटाङको केपीलासगढीसम्म १ दिन। केपिलासगढी सुङ्देलबाट पुरै १ दिन पैदल यात्रा गरी जम्मा २ दिनमा साल्पा पुगिनेछ।
कार्यक्रम साल्पा जादा पाहुनाहरुले निम्न आवश्यकिय सामग्रीहरु स्वयं आफैले बोक्न अनुरोध:
Sleeping Bag, Camping Bag, First Aid Kit, Torch Light, Thormos Bottle &Trekking Cold Weather.










प्रतिक्रिया