गृह पृष्ठ

सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द


१४ जेष्ठ २०८२, मंगलबार ००:००


काठमाडौं,धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको र डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् । सोताङ खोलामा अहिले नयाँ पुल निर्माणको काम भइरहेको छ ।

पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ । पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेकाले अहिले सवारी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम सुरु गरिएको एसपी सुवेदीले बताए ।

प्रकाशित : १४ जेष्ठ २०८२, मंगलबार ००:००