ट्राफिक सप्ताहको पाँचौ दिन सोलुखुम्बुमा सवारी चालकको स्वास्थ्य परिक्षण र सवारीको यान्त्रिक परिक्षण गरिएको छ । सप्ताहको पाँचौ दिन आज शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले १७ जना सवारी चालकको स्वास्थ्य र ११ वटा दुई पांग्रे तथा चार पांग्रे सवारीको यान्त्रिक परिक्षण गरेको हो ।
कार्यालयका इन्चार्ज कृष्ण कटवालका अनुसार सोलु सामुदायिक अस्पतालले १७ जना चालकको स्वास्थ्य परिक्षण गरेको हो भने ज्लावामाई वर्कसप गार्मा र ज्वालामाई अटो वर्कसप जोरबौद्धको सहयोगमा ११ वटा जिप तथा अटो रिक्साको यान्त्रिक परिक्षण गरेको हो ।
परिक्षण गरिका सबै चालकको स्वास्थ्य अवस्था सामान्य पाइएको सोलु सामुदायिक अस्पताल जोरबौद्धका प्रमुख डा. राजेन्द्र बस्नेतले बताउँनुभयो । ट्राफिक सप्ताह अन्र्तगत भोली आईतबार लागु पदार्थ सेवन(लापासे) परिक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न मंगलबारदेखि प्रदेशभर ट्राफिक सप्ताह सुरु गरेको छ ।











प्रतिक्रिया