सोलुदुधकुण्ड नगरपालिकाले सिस्नेरी सडक खण्डको विकल्पमा नयाँ सकड विस्तार गरेको छ । पहिरोका कारण वर्षौदेखि जिल्लाकै टाउको दुखाईको बनेको साल्मे स्थित सिस्नेरी सडकको विकल्पमा नगरपालिकाले पेकरनासा—बेलीडाडाँ तयार गरेको हो ।
यससँगै सडक मार्गबाट जिल्ला सदरमुकाम भित्रिने प्रमुख मार्ग वर्षौदेखि पहिरोका कारण बारम्बर हुने अवरोध हटेको छ । उक्त ट्रयाकबाट अहिले नियमित रुपमा सवारी सञ्चालन समेत भईरहेको नगरपालिकाले जनाएको छ । सो सडकको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले शनिबार स्थालगत अनुगमन समेत गरेका छन् । नगरप्रमुख शेर्पाले सडक अत्यन्त राम्रो र छोटो दुरीको समेत भएकाले नागरिकलाई सहजता हुने विश्वास व्यक्त गरे ।
वर्षौदेखि जिल्लावासीले भोग्दै आएको समस्या नगरपालिकाले आफ्नै श्रोत साधनमा छोटो समयै सम्पन्न गराएको उनले बताए । यससँगै सिस्नेरी पहिरोकै कारण जिल्ला भित्रिन तथा बाहिरिन घण्टौ कुनुपर्ने बाध्यता हटेको नगरप्रमुख शेर्पाले बताए ।
वडा नम्बर ११ का वडाध्यक्ष टंक काकीले जिल्लावासीलाई नै दुःख दिइरहेको सिस्नेरी पहिरोको सडकको विकल्प खोज्न सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उक्त सडक सिस्नेरी सडकको विकल्प मात्र नभई बेलीडाँडा तथा पत्ताले क्षेत्रका नागरिकहरलाई नगरपालिका केन्द्र तथा सदरमुकाम सल्लेरी जान समेत सहज र छोटो दुरीको भएको वडाध्यक्ष कार्कीले बताए ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीलाई ओखलढुंगा, खोटाङसहित कोशी प्रदेशसँग सिधा सडक सञ्जालले जोडने मुख्य मार्गमा पर्ने तिङला स्थित सिस्नेरी सडक वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएको थियो । जसका कारण जिल्ला भित्रिने पर्यटकदेखि अन्य नागरिकहरु समेत सो सडकमा घण्टौ फस्ने गरेका थिए ।











प्रतिक्रिया