गृह पृष्ठ

९ दिनको भ्रमणलाई छोट्टाएर रास्वपाका नेताहरू फर्किए


१० आश्विन २०८१, बिहिबार ००:००


काठमाडौँ, चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू फर्किएका छन्। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो। गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन्।

९ दिनको भ्रमणलाई छोट्टाएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताएका छन्। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने बताएका छन। सभापति लामिछाने पक्राउ पर्ने चर्चा चलेपछि रास्वपाले नेताहरूलाई फर्काउने निर्णय गरेको थियो । उनीहरू असोज ५ गते चीन भ्रमणमा गएका थिए ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम
भने स्थगित गरेको उनले जानकारी दिए ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।

प्रकाशित : १० आश्विन २०८१, बिहिबार ००:००