काठमाडौं, नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बिक्री मूल्य निर्धारण गरेको छ। संघको बैठकले आजदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो। नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ।
ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ। चितवनलाई आधार मानी मूल्य निर्धारण गरिएकाले चितवनबाट लोड भई देसैभर अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघको भनाइ छ।
याे पनि पढनुहाेसः
काठमाडौँको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजार मृत अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।
आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । सुसाइड नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सवैतिर म असफल भएँ ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।











प्रतिक्रिया