काठमाडौं, नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किने ठोकुवा गरेका छन्। बिहीबार कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेस एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका हुन्।
कांग्रेस एमाले त्यति लामो समयसम्म् मिल्दैनन्। कुहिएर झर्छन् त्यसपछि हामीले के गर्ने सोच्नुपर्छ ।’, उनले भने, ‘कांग्रेस एमाले मिलेपछि हामीले धन्यवाद भनेका छौं। किनभने उनीहरुले हामीलाई जनतातर्फ फर्काइदिए। उनले माओवादीमा २०६४ को जस्तै उभार फेरि आउने बताए। यस्तै उनले विद्यार्थीहरुलाई सडक बाघ बन्न आग्रह गर्दै आफू संसदमा सिंह बन्ने घोषणा गरे।
बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह गरे । नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’
पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गटबन्दी नगर्ने सहमति भएको उनले बताए । विद्यार्थी संगठनका नेताहरुले नै पार्टीले सहजीकरण गरिदिनुपर्यो भनेर आग्रह गरे भूमिका खेलन सकिने भन्दै उनले भने, ‘तर यसलाई बनाउनुस् भनेर हामी कसैले गुटबन्दी गर्ने छैन भनेर कार्यालयमा प्रतिवद्धता व्यक्त गरेका छौं ।’
पार्टी कार्यालयमा भएका नेताहरुले फलानो भए ठीक छ, नभए हुँदैन भनेर नभन्ने उनले बताए । सम्मेलनमा प्रचण्डले भने, ‘विद्यार्थी साथीहरुलाई आफ्नो विवेक प्रयोग गर्नुस् । सक्नुहुन्छ, सहमति जुटाउनुस्, सक्नुहन्न निर्वाचनमा जानुस् ।bराष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए । गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।











प्रतिक्रिया