सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकामा सञ्चालित थुलुङ दुधकोशी अस्पतालको निरिक्षण गर्नुभएको छ । अस्पतालले दिईरहेको सेवा र गुणस्तरका विषयमा जानकारी लिन आज अस्पताल निरिक्षणमा निस्किनुभएको हो । उहाँले अस्पतालको सेवा प्रवाहका बारेमा जानकारी लिँदै नागरिकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।

५० शैया क्षमताको लक्ष्य राखेर निर्माण गरिएको अस्पतालमा अहिले १५ शैयाको सुविधा रहेको छ । शैया स्तरवृद्धि गर्ने प्रकृयामा रहेको अध्यक्ष राईले बताउनुभएको छ । अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा, प्रसुती सेवा सहित जनरल ओपीडि सेवा, दन्त उपचार सेवा सञ्चालनमा छ ।

२०७५ साल चैत २ देखि ९ गतेसम्म श्रीमद् भागवत सप्ताहज्ञान वृहद महायज्ञ आयोजना गरेर यो अस्पतालको निर्माण गाउँपालिकाले गरेको थियो । २०७९ असोज १ गतेदेखि सञ्चालनमा रहेको सुविधासम्पन्न यो अस्पतालले थुलुङ दुधकोशी गाउँपालिकासहित गाउँपालिकादेखि छिमेकी स्थानीय तह र खोटाङको केही गाउँपालिकाका नागरिकले समेत उपचार सेवा दिँदै आएको छ ।












प्रतिक्रिया