काठमाडाैँ, अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस अर्जुन कुलुङले गत पुष ३ गतेदेखि सातवटा प्रदेशमा सातौँ दिन ४२ किलोमिटरको रेस 777 नेपाल म्याराथुन च्यालेन्ज गेम खेल्दै छन । यस रेस 777 नेपाल म्याराथुन च्यालेन्ज बाट यो रेसलाई आयोजना गरेकाे छ । यस खेल पोखराबाट सुरु हुँदै धरानमा समाप्त हुने अल्ट्रा ट्रेल रेसकाे प्रतिस्प्रर्धी अर्जुन कुलुङले बताएका छन ।
खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अल्ट्रा ट्रेल रेसमा अर्जुनले भाग लिइरहेका छन । यस रेसलाई शोख र पेसा बनाएर दौडिरहेकाहरूलाई उत्तम प्लेटफर्म र अवसर रहेकाे उनकाे भनाइ रहेकाे छ । मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामीण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी साहसिक खेल पर्यटकका लागि आकर्षण बनेको छ । हिमालय शृङ्खला,उपत्यका, जङ्गल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।
यस लामो रेस नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने रेस पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी चेक प्वाईन्ट उपलब्ध गराइएको बताएका छन । चेक प्वाइन्टमा धावकहरूलाई आवश्यक पर्ने पानी तथा आधारभुत औषधिको पनि व्यवस्था गरिने छ।
यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जिपियस नक्साङ्कन गरिएको जानकारी दिए । विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने बताउँछन् ।











प्रतिक्रिया