आइस्पानका अनुसार बजारमा चुलिएको मूल्यवृद्धि, मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धि, फाइबरको मूल्य आकासिनु र बढ्दो सञ्चालन खर्चका कारण साना प्याकेजहरूलाई निरन्तरता दिन कठिन भएको हो । यसबाहेक पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक सामान तथा चिपसेटको मूल्य एक्कासि महँगिएकाले न्यून महसुलका प्याकेज हटाउनुपर्ने परिस्थिति बनेको संघको भनाइ छ ।
यसैगरी सुबिसुले प्राधिकरणबाट न्यूनतम २० एमबीपीएसको मासिक ७५१ का लागि ट्यारिफ स्वीकृति लिएको छ । तर हाल उसले साना प्याकेजहरू बन्द गरी २०० एमबीपीएस क्षमताको ३ महिनाका लागि कूल ४,८०० रुपैयाँ पर्ने प्याकेजलाई न्यूनतम बिक्री विकल्पका रूपमा राखेको छ ।
भायानेट र सुबिसुको न्यूनतम प्याकेजको इन्टरनेटका लागि ३ महिनाको शुल्क एकै पटक भुक्तानी गर्दा समेत मासिक १६०० रुपैयाँ हुन आउँछ । नयाँ कनेक्सन लिने ग्राहकले तार, राउटर र डिपोजिटका लागि छुट्टै शुल्क बुझाउनु पर्ने हुनसक्छ ।
नियामक प्राधिकरणबाट साना र सुलभ महसुल दरका प्याकेजहरू स्वीकृत भए तापनि आईएसपीहरूले संयुक्त रूपमा अल्पकालीन प्याकेज हटाएर लामो अवधि र ठुलो रकमका प्याकेज मात्र बिक्री गर्दा न्यून आय भएका तथा कम इन्टरनेट खपत गर्ने उपभोक्ताहरूलाई प्रत्यक्ष आर्थिक भार परेको छ ।











प्रतिक्रिया