संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले स्थानीय सरकारकै प्रमुखसँग उपहार मागेको खुलेको छ । अमेरिकाको एक औपचारिक कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जान लागेका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको कागजि प्रक्रिया मिलाउनका लागि मन्त्रालयका एक उपसचिव र सचिबले नै उपहार मागेको खुलेको हो ।
नियमसंगत रुपमा नगर प्रमुख शेर्पाले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने नेपाल डे परेड कार्यक्रममा सहभागि हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री स्तरिय निर्णयबाटै स्विकृति पाइसकेका थिए । भ्रमण स्वीकृत भएको व्यहोराको पत्र उक्त मन्त्रालयले नगरपालिका प्रमुख शेर्पालाई गत बैशाख ३१ गते नै उपलब्ध गराए पनि भिसा सम्बन्धि बाँकी प्रक्रिया अगाडी बढाउन मन्त्रालयका उच्च आहोदाकै कर्मचारीले उपहार मागेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले ढिलासुस्ती गर्दा निर्धारित भ्रमणमा जान नपाएको शेर्पाको भनाई छ । यही मे २१ मा न्युयोर्कमा हुने नेपाल डे परेड कार्यक्रमका लागि शेर्पालाई विशेष अतिथिका रुपमा आयोजकले निम्तो दिएको थियो । तर आवश्यक कागजी प्रक्रिया अघि बढाउनु पूर्व मन्त्रालयका उपसचिव प्रल्हाद कुमार कार्की र सचिव डा. कृष्णहरि पुस्करले आफूसंग बार्गेनिङ गरि अनुचित लाभ लिन खोजेको शेर्पाको दावी छ ।
शेर्पाका अनुसार यी दुई उच्च कर्मचारीले अमेरिकाबाट फर्कदा आईफोन र आइप्याड उपहार ल्याइदिन आग्रह गरेको र आफूले इन्कार गर्दा भ्रमण नै विथोलिदिएको आरोप छ । मेयर शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मेरो भ्रमणसंग सम्बन्धित आवश्यक डकुमेन्ट उपलब्धताको बिषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्ष सहित बार्गेनिङं गरि उपसचिव प्रल्हाद कार्की र सचिव कृष्णहरि पुष्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पुरा हुन सकेन ।’
उनले स्टाटसमा सबै नखुलाए पनि सचिव र उपसचिबले आफुबाट नगद तथा जिन्सि उपहारको अपेक्षा गरेको बताए । ‘मलाई आफोन १४ प्रो म्याक्सकै उपहार मागियो, मैले नियमसंगत नेपाल सरकारको एक रुपैंया पनि खर्च नगरि जाँने भएकाले केही दिन नसक्ने बताए पछि भिसाको काममा कर्मचारीले उदाशिनता देखाए’ नगरप्रमखु शेर्पाले भने ।









प्रतिक्रिया