काठमाडौं, अर्जुन कुलुङ दोस्रोपटक मञ्जुश्री ट्रेल रेसमा कोर्स रेकर्ड राख्दै पाँचौ मञ्जुश्री ट्रेल रेसको उपाधि जितेका छन् । खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को १०० माइलको रेसमा निर्धारित दूरी अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक कीर्तिमान सहित उपाधि जितेका हुन् ।
उनले सन् २०२२ मा पहिलो पटक उपाधि जित्दा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको रेकर्ड बनाएका थिए । प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघि आफैले बनाएको कीर्तिमान तोड्दै अर्जुन कुलुङ विजेता बनेका थिए । त्यसपछि उनले गत वर्ष भएको चौथो मञ्जुश्री ट्रेल रेसमा १०० माइलको रेस अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा पूरा गर्दै आफ्नै कीर्तिमान तोडेका थिए ।











प्रतिक्रिया