काठमाडौं, ‘पुष्पा २’ को प्रिमियरका क्रममा भएको भागदौड मामिलाबारे अभिनेता अल्लु अर्जुनमाथि प्रहरीले बयान लिएको छ । बयानका लागि उनी हैदाराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका थिए ।
रिपोर्टका अनुसार अल्लु अर्जुनलाई एसीपी रमेश कुमार र सीआई राजुको निगरानीमा सोधपुछ गरेको छ । सोधपुछका क्रममा अभिनेताका वकिल अशोक रेड्डी पनि उपस्थित थिए । योसँगै अल्लु अर्जुनको घरबाहिर सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
गत आइतबार जुबली हिल्सस्थित अभिनेताको घरमा केही व्यक्तिले तोडफोड गरेका थिए । यो घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वकिलको बहस सुनेपछि अदालतले सबै ६ जना अभियुक्तलाई विना सर्त र जरिवाना धरौटीमा छाड्न आदेश दिएको छ ।
यसैबीच अभिनेताको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । डिसेम्बर ४ मा हैदरावादमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । ती महिलाका छोरा गम्भीर घाइते भएका थिए ।
यस मामिलामा अभिनेता पक्राउ परेका थिए । तर, एक दिन जेलमा बिताएपछि भोलिपल्ट बिहान धरौटीमा छुटे । भागदौडमा मारिएकी महिलाका पतिले अल्लु अर्जुनविरुद्धको मुद्दा फिर्ता लिन तयार रहेको बताएका छन् । उनीहरु अल्लु अर्जुनलाई घटनामा दोषी मान्दैनन् । एनडीटीभीका अनुसार भास्करले छोराको उपचारका लागि अभिनेताबाट पूर्ण सहयोग पाएको बताएका छन् ।











प्रतिक्रिया