गृह पृष्ठ

आज मन्त्रिपरिषद्को बैठक बस्दै


२४ चैत्र २०८१, सोमबार ००:००


काठमाडौं, आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किएपछि पहिलो पटकमन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

बैठकमा गभर्नर नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्र बैंक ऐनमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्तिबारे निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि आइतवार सकिए पनि हालसम्म सरकारले नयाँ गभर्नर नियुक्तको निर्णय गर्न सकेको छैन ।

अधिकारीको बिदाइ गत शुक्रबार नै भइसकेको छ । सरकारले गत फागुनमा नयाँ गभर्नर छनोट तथा सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको थियो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् । उक्त समितिले सिफारिस गर्ने तीन जनामध्ये एक जनालाई सरकारले गभर्नर नियुक्त गर्ने छ ।

प्रकाशित : २४ चैत्र २०८१, सोमबार ००:००