गृह पृष्ठ

आज रातमा क्रिसमस ‘इभ’ मनाइँदै


९ पुस २०८१, मंगलबार ००:००


काठमाडौँ, बुधबार २५ डिसेम्बरमा क्रिसमस पर्व मनाइँदै छ । क्रिसमसको अघिल्लो रातमा क्रिसमस ‘इभ’ मनाइँदै छ । काठमाडौँमा पनि क्रिसमसका लागि चर्चलगायतका ठाउँलाई सजाइएको छ ।

नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ पर्व मनाउँछन्। अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउन लागेका हुन्।

दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

प्रकाशित : ९ पुस २०८१, मंगलबार ००:००