सोलुखुम्बुको लुक्लामा आत्मदाहको प्रयास गरेकी १६ वर्षीया किशोरीको उपचारको क्रममा ज्यान गएकोे छ । गत चैत्र २६ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका २ मा आफैले शरिरमा आगो लगाएकी सकुन्तला तामाङको आज सोमबार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुकी तामाङको किर्तिपुर स्थित बर्न अस्पतालमा विहान ६ः३० बजे ज्यान गएको भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
ति किशोरीले चैत्र २७ गते राती साडे ८ बजे शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आगोले शरिरको विभिन्न भाग जलेका उनको पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा समान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो । आगो निभाउन गएकी उनकी आमा राधा कुमारी राई तामाङ सामान्य घाईते भएकी थिइन् । उनको बर्न अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया