काठमाडौँ, राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले केही समय अघि मात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए ।
आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल केहि समयदेखि हाजिर कहाँ हुने अन्योल भएपछि घरमै बसेका थिए । सरकारसँग छलफलपछि उनले राजीनामा दिएको बुझिएको छ।
याे पनि पढनुहाेसः
काठमाडौं दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ । सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतालगायत सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका छन् । श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।











प्रतिक्रिया