गृह पृष्ठ

उपचार गर्नका लागि भनेर रिहा भएका धवलशमशेर विरोध सभामा सहभागी


१५ बैशाख २०८२, सोमबार ००:००


काठमाडौँ, राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् । तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि उपचार गर्नका लागि भनेर रिहा भएका थिए ।

तर, उनी पुनः राजावादीको कार्यक्रममा सहभागी भएका हुन् । उनी केही दिनअघि क्यान्सरको फलोअपका लागि भनेर भारत गएका थिए भने चिकित्सकहरूले कुनै समस्या नरहेको रिपोर्ट दिइसकेका छन् ।

राप्रपा नेपालले आस्थाका बन्दीहरू तत्काल गर्न माग गर्दै प्रदर्शनपछि शान्तिबाटिकामा विरोधसभाको आयोजना गरेको छ । सभामा राजावादी समूहका विभिन्न नेताहरूको सहभागिता रहेको छ । सोही सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । लेखा समितिको बैठक चलिरहेको र सो बैठकपछि उनी शान्तिबाटिकामा पुग्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार ००:००