काठमाडौं,एकीकृत समाजवादीमा पदाधिकारी छनोटका लागि चुनाव गर्ने तयारी भइरहेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नै चुनाव गर्ने तयारीबारे जानकारी गराएका छन् ।
अन्तिमसम्म सहमतिको प्रयास हुने उनले बताएका छन् । आइतबार सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका हुन । तर आकांक्षी धेरै भएकाले सहमति सजिलो नभएको बताएका छन । ‘निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी भइरहेको उनले बताएका छन’, नेता जगन्नाथ खतिवडाले भने, ‘भोलि चुनाव हुन्छ ।’
एकीकृत समाजवादीको महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष र घनश्याम भुसाललाई महासचिव चयन गरेको थियो । दुई पटक गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिएका नेताहरुले अझैसम्म पदाधिकारी चयन गर्न सकिरहेका छैनन् ।











प्रतिक्रिया