आर्थिक

एभरेस्ट बैंकको नाफा ३२ प्रतिशतले बढयाे


७ बैशाख २०८२, आइतबार ००:००


काठमाडौं, एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ६० करोड रुपैयाँ थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २९.५५ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले ३५.६१ रुपैयाँ पुगेको छ ।

यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ७४ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घटेको छ ।

यस्तो रकम पहिले ६३ करोड रुपैयाँ रहेकोमा अहिले २७ करोड छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७० बाट घटेर ०.६४ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ । आधार दर पहिले ७.५३ प्रतिशत रहेकोमा अहिले ५.६१ प्रतिशत छ ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार ००:००