गृह पृष्ठ

एमालेको सचिवालय बैठक २ घण्टा ढिला सुरु


२४ कार्तिक २०८१, शनिबार ००:००


काठमाडौँ, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसक्रममा भएका कमजोरीबारे समेत छलफल हुने एमाले नेताहरूले जनाएका छन् । अधिकारीले नक्कली कागजातका आधारमा आफूसँगै तीन जना मानिसलाई जापान लगेर मानव तस्करी गरेको आरोप छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टी घरमै पुगेका छन्।

रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, कि सङ्कटमा पार्टी सम्हाल कि ठाउँ छाड भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

उनीहरुले ‘रविको नाममा सांसद र नेता भएकाहरू रविलाई सङ्कट पर्दा पछि हट्नु धोखा हो,निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन,कि भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने रु’ भन्ने नारासहितको प्लेकार्ड बोकेका छन्।

प्रकाशित : २४ कार्तिक २०८१, शनिबार ००:००