काठमाडौं – थुलुङ दुधकाेशी गाउँपालिकाकाे सराेकारवालाहरुसग भाैतिक तथा भर्चुयल बैठक सम्पन्न भएकाे छ । यस बैठमा भाैतिक तथा भर्चुयल रुपमा गाउँपालिका बासिकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
बैठकमा ऐतिहासिक ओगानेम दरबारको क्षेत्रलाई उत्खनन् विकास र संरक्षण गर्ने सन्दर्भमा सराेकारवालाहरुसग छलफल गरिएको हाे ।
यश विषयमा सबैले उत्साहपुर्ण सहभागी जनाइ आफ्नाे विचार तथा धाराणा व्यक्त गरेका थिए । याे माहान तथा ऐतिहासिक कार्य प्रति सबैले सकारात्मक अभिब्यक्त राख्दै गाउँपालिका अध्यक्ष असिम राईलाई धन्यवाद समेत व्यक्त गरेका छन ।
थुलुङ राईकाे ऐतिहासिक गाथा बाेकेकाे याे ओगानेम दरबारलाई जुगाैं सम्म जिबन्त राख्न पर्ने र यसलाई संरक्षण गर्न लागि परेकाे र अब आउने पुस्तालाई हिजाे बनेका ती पुराना सिपलाई संरक्षण गरेर यस दरवारमा राखिने तथा हाम्रो पुर्ख्याैलि राजाले जे सिकाए यस्ता संरचनालाई जगेर्ना गर्दै अब अाउने भावी पुस्ताै- पुस्ता याे जिवन्त राख्ने अध्यक्ष राईले बताउनुभएको छ।













प्रतिक्रिया