गृह पृष्ठ

कागेश्वरीमा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएर घाइते


२९ मंसिर २०८१, शनिबार ००:००


काठमाडौंको कागेश्वरी मनोहरा-८ मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् । शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।

एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् । घाइते भएकी उनलाई प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ ।

याे पनि पढनुहाेसः

काठमाडौं, सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।

‘दूध किसानको वर्षैंदेखिको भुक्तानीको समस्या छ। उखु किसानको समस्या छ। उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनपर्‍यो भनेर दसैंअघि सरकारले ६० करोड छुट्यायो। त्यो पर्याप्त थिएन। उखु किसान अहिले पनि समस्यामा छन्। सरकार जिम्मेवार देखिएको छैन,उनले भने। नीति अपडेट हुन नसक्दा समस्या रहेको उनको भनाइ छ।

प्रकाशित : २९ मंसिर २०८१, शनिबार ००:००