गृह पृष्ठ

कारागारमा एक थुनुवाको हृदयाघातबाट मृत्यु


७ पुस २०८१, आइतबार ००:००


काठमाडौं, महोत्तरी कारागारमा एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ। लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

जिल्ला अदालत महोत्तरीको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

याे पनि पढनुहाेसः

काठमाडौँ, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन थालेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका हुन् । यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

जनकपुर बोल्ट्सले जितेपछि उनी विरुद्ध अन्य टिमका समर्थकले कुटपिट गरेको आरोप छ । घटनाबारे छानबिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘त्यसबारे छानबिन भइरहेको छ ।’

जनकपुर बोल्ट्सका समर्थकले उनलाई ‘मधेशी’ भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा पढ्ने अमनको वीर अस्पतालमा उपचार हुँदैछ । भिडले कुटपिट लछारपछार गर्दा दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको छ । उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाहले बताएका छन ।

सद्भाव बिथोल्न खोजेकोको घटना अस्वीकार्य भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आरोपीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले भनेका छन्– ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’ जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि सो घटना छानविन गर्न माग गरेका छन् ।

प्रकाशित : ७ पुस २०८१, आइतबार ००:००