काठमाडौं,१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन् । नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर,नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जन उम्मेदवार बनेका छन् । त्यस्तै जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् । मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको राजधानी उपत्यकाको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनमा धेरैको चासो छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए ।
त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ । चीनमा १२ नोभेम्बरको दिन झुहाई शहरमा एक व्यक्तिले मानिसहरुको भिडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको थियो ।











प्रतिक्रिया