सोलुखुम्बुको देउसा स्थित तेरादुखोरकी एक महिलाको हत्या अभियोगमा पक्राउ गरि ३ अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाकी ५१ वर्षिय कुमारी राईलाई जबरजस्तीकरणी गरी हत्या गरेको अभियोगमा पक्राउ गरि सार्वजनिक गरेको हो ।
अभियुक्तहरुमा तेराखोरका ४७ वर्षिय चरणकुमार राई, पालक्सीका ५६ वर्षिय टुङसे भन्ने भागीधन राई र लुरुवाटेल बस्ने २० वर्षिय युवराज खत्री रहेका छन् । कुमारीको गत जेठ ११ गते हत्या भएको थियो । कुमारीको शरिर अर्धनग्न अवस्थामा मृत फेला परेको थियो ।
घटना जघन्य र संवेदनशिल प्रकृतिको देखिएकाले थप अनुसन्धानका लागि कोशी प्रदेशबाट आएको अनुसन्धान समुह र कोशी प्रदेश केनाईन शाखा धरान र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको संयुुंक्त टोलीले अनुसन्धान गरिएको प्रहरी नायब उपरिक्षक प्रनाउ) दिपक श्रेष्ठले जानकारी दिए ।
प्रतिवादीलाई देउसाकै विभिन्न स्थानबाट पक्राउ गरिएको प्रनाउ श्रेष्ठले बताए । मृतक राईको टाउको, अनुहार,आँखा निधार, पेटको भाग, ढाडको भाग लगायत शरिरको विभिन्न भागमा चोट लागेको थियो ।
जबरजस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) (मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५) को दफा ४१ र परिच्छेद १२ को दफा १७७ बमोजिम सजाय हुन सक्ने व्यवस्था छ । अहिले सोलुखुम्बु जिल्ला अदालत बाट जेठ १४ देखि लागु हुने गरी दिन ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।











प्रतिक्रिया